सिरियामा जारी हिंसाप्रति राष्ट्रसंघीय प्रमुखको चासो
काठमाडाैं । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले सिरियामा पछिल्ला केही दिनयता जारी रहेको हिंसाप्रति चासो व्यक्त गरेका छन् । उनले केही दिनयता सिरियाका विभिन्न भूभागमा हिंसात्मक हमला भएर केही व्यक्तिको ज्यान गएको तथा कैयौँ व्यक्ति विस्थापित हुन पुगेका घटनाप्रति चासो व्यक्त गरेको उनका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
महासचिव गुटरेसले यस्तो आक्रमणलाई रोकी सबै पक्षले शान्ति र संयम अपनाउन आग्रह पनि गरेका छन् । केही दिनयताको सो हमलाबाट उत्तरपूर्वी सिरियाली नगर इडलिबका कैयौँ मानिस विस्थापित हुन पुगेका पनि बताइएको छ ।
यसवर्ष उत्तरी सिरियामा मात्र एक सय २१ जनाको यस्तै आक्रमणबाट ज्यान गएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । यहाँका ४० लाखभन्दा बढी व्यक्ति सो हिंसात्मक हमलाबाट प्रभावित भएका छन् । उनीहरुमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् । उनीहरुलाई अहिले संयुक्त राष्ट्रसंघीय सहायता प्रदान गर्ने गरिएको छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया