मंसिर ४ नआउँदै जितनजिक पुगिसक्यौं : उदयशमशेर राणा
काठमाडौं । सत्ता गठबन्धनबाट ललितपुरको प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवार रहेका उदयशमशेर राणाले मंसिर ४ नआउँदै विजयनजिक पुगिसकेको बताएका छन् । चुनावी घरदैलोमा गोदावरीमा आयोजिक कार्यक्रममा राणाले आफूहरू चुनाव नआउँदै जितनजिक पुगिसकेको बताएका हुन् ।
‘ललितपुरमा गठबन्धनको लहर देखिएको छ । पहिले चुनाव जित्दा पनि यतिधेरै लहर देखिएको थिएन । तर यसपटक ललितपुर १ मा यसपटक ज्यादै नै उत्साह छ । मंसिर ४ आएको छैन तर हामी विजयको नजिक पुगिसकेका छौं’ राणाले भने, ‘एमालेमा ओलीको मनोमानी र तानाशाही ज्यादा नै भएको छ । यसैलाई तोड्दै धेरै साथीहरु एमालेबाट कांग्रेसमा प्रवेश गर्नुभएको छ । निर्वाचनमा जितेर हामी नयाँ सन्देश दिन चाहन्छौं ।’
ललितपुरका १ क्षेत्रमा ३० वडा वडामध्ये कांग्रेसले २२ वटा जितेकोले यसपटक सहजै चुनाव जित्ने दाबी कांग्रेसको छ ।
ललितपुर १ का ३० वडामध्ये कांग्रेसले २२ वटा वडा जित्दा माओवादीले ५ र एमालेले तीनवटा मात्रै वडा जितेकोले यसपटक उदयशमशेर राणा थप बलियो देखिएका छन् । राणाविरूद्द एमालेका नवराज सिलवाल प्रतिस्पर्धामा छन् ।
प्रदेशसभा १ (१) माओवादी उम्मेदवार हरि दाहाल जितेर गइसकेपछि समान आधारमा सबैलाई हेर्ने बताए । ‘हामी जितेर गइसकेपछि सबैलाई समान आधारमा हेर्छौ’ उनले भने, ‘कांग्रेस, माओवादी, समाजवादी भनेर छुट्याउँदैनौं । को कताको नभनी साझा ढंगले हामी काम गर्न चाहन्छौ ।’
यस्ताे छ राणाकाे घरदैलाे
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया