NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कोरियामा एकैदिन ५४ हजारभन्दा बढी कोभिड संक्रमित

दक्षिण कोरिया । दक्षिण कोरियामा बिहीबार मध्यरातीसम्म कोभिड–१९ का संक्रमितको संख्या ५४ हजार पाँच सय १९ जना थपिएपछि कुल संक्रमितको संख्या दुई करोड ६० लाख ९१ हजारजनाभन्दा बढी भएका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् बुधबार यहाँ ५५ हजार तीन सय ६५ जना रहकामा बिहीबार ती सङ्क्रमित थपिएका हुन् ।

यहाँ कोभिड महामारी सुरु भएयता सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा बिहीबार सङ्क्रमित बढेका छन् । अघिल्लो हप्तामा यहाँ बढीमा ४७ हजारमा मात्र स्क्रमण देखिएको थियो ।

यहाँ पछिल्लो दिनमा ४० जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार पाँच सय ७१ पुगेको बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष