आजदेखि अनधिकृत बोर्ड हटाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत बोर्ड हटाउन थालेको छ । अनधिकृत बोर्ड हटाउनेबारे महानगरले असोज ७ गते ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचय पाटीको आकार र त्यसमा वार्षिक रुपमा लाग्ने करको दरसमेत उल्लेख गरेर सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार महानगरले ३० वर्ग फुट भन्दा ठूला आकारका सबै बोर्ड हटाइने भएको छ ।
महानगरले मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिने उनको भनाइ छ । उनले भने, ‘अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिन्छ । व्यवसायिक स्थलमा ३० वर्ग फुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइनेछ’ ।
महानगरले सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै बोर्ड हटाइनेछ । यसका साथै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टरसमेत हटाइने छ ।
ताजा अपडेट
-
सुनको मूल्य तोलामा एक हजारले बढ्यो, प्रतिताेला कति पुग्याे ?
-
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो
-
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
-
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
-
अख्तियार र महालेखाबीचको समन्वय कानुनी रुपमै गर्ने प्रणाली बसाल्न सम्भव होला ?
प्रतिक्रिया