माइडिया ब्राण्डको जाडोको घरायसी सामग्रीहरु बजारमा, यस्तो छ मूल्य

काठमाडौं । माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।
माइडियाले सम्पूर्ण उपभोक्ताहरुको लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, न्यानो बनाई राख्न बिभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध गराएको छ ।
माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन् । नवीन प्रविधिद्वारा उत्पादित माइडियाका घरायसी सामानहरु आजै घर ल्याउनुहोस् र यस जाडो मौसममा तातो न्यानो भई जीवन सहज बनाउन सकिने छ ।
माइडियाको सामग्री र यसको बजारमूल्य
फ्यान हिटर
माइडियाको फ्यान हिटरको अहिलेको बजारमूल्य २ हजार ८९० रूपैयाँ रहेको कम्पनीले जनाएको छ । जसको वारेन्टी २ वर्षको रहेको छ ।
१३ ओयल फिल्ड रेडियटर हिटर
१३ ओयल फिल्ड रेडियटर हिटरको बजारमूल्य १३ हजार ४१० रूपैयाँ रहेको छ । यसको वारेन्टी २ वर्षको छ ।
किट्ली
माइडियाकोको छिट्टै पानी तात्ने ठूलो क्षमताको किट्ली बजारमा उपलब्ध छन् । उक्त किट्लीको मूल्य २ हजार ३१० रूपैयाँ कम्पनीले तोकेको छ ।
पिटिसी सेरामिक हिटर
माइडियाको पिटिसी सेरामिक हिटरको बजारमूल्य ६ हजार २९० रूपैयाँ रहेको छ ।
माइडियाकोको अन्य सामग्रीहरूको विस्तृत जानकारी लिन यो https://cgdigital.com.np/brand-midea-33 लिंकमा गएर हेर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया