नुवाकोटमा आमाछोरीको हत्या, एक पक्राउ
नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका–५, भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको छ ।
प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
घटनामा संलग्नको आशंकामा प्रहरीले एक जनालाई पक्रेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको पाइएको छ । साथै घटनास्थलमा उनले बोकेको घरेलु हतियार र चप्पल पनि भेटिएको छ ।
घटनालगत्तै फरार उनलाई काठामाडौँतर्फ गइरहेका बेला मंगलबार बिहान पक्राउ गरिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया