यी नेता जसले स्वेच्छाले चुनावी मैदान छाडे
काठमाडौं । वयोवृद्ध नेताहरूले संसदमा आगामी कार्यकालका लागि दोहोरिन मरिहत्ते गरिरहँदा केही नेताहरूले स्वेच्छाले चुनावी मैदान छाडेका छन् ।
यसरी चुनावी प्रतिस्पर्धाबाट स्वेच्छाले अलग हुनेहरूमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटा छन् ।
निवर्तमान सभामुख सापकोटाले माओवादीले टिकट दिने सम्भावना हुँदाहुँदै स्वेच्छाले चुनाव नउठ्ने घोषणा गरे । युवालाई अवसर दिन र संसदीय राजनीतिमा क्रमभंगताको सन्देश दिन आफूले निर्वाचन नलड्ने घोषणा गरेको उनको भनाइ छ ।
दाङ २ बाट निर्वाचित महराले पनि स्वेच्छिक रूपमा चुनावी मैदान छाडे । सुरुमा माओवादीको समानुपातिक सूचीमा रहे पनि अन्तिम समयमा उनी त्यसबाट पनि हटे । उनको ठाउँमा माओवादीले रेखा शर्मालाई उम्मेदवार बनाएको छ ।
निवर्तमान सांसद डा. भट्टराईले पनि यस पटक प्रचण्डलाई समर्थन गर्दै गोरखा २ बाट उम्मेदवारी दिएनन् । छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं ७ बाट उम्मेदवार बनाएका उनले अब संसदीय र सत्तामुखी राजनीति नगर्ने घोषणा नै गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया