यी नेता जसले स्वेच्छाले चुनावी मैदान छाडे
काठमाडौं । वयोवृद्ध नेताहरूले संसदमा आगामी कार्यकालका लागि दोहोरिन मरिहत्ते गरिरहँदा केही नेताहरूले स्वेच्छाले चुनावी मैदान छाडेका छन् ।
यसरी चुनावी प्रतिस्पर्धाबाट स्वेच्छाले अलग हुनेहरूमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटा छन् ।
निवर्तमान सभामुख सापकोटाले माओवादीले टिकट दिने सम्भावना हुँदाहुँदै स्वेच्छाले चुनाव नउठ्ने घोषणा गरे । युवालाई अवसर दिन र संसदीय राजनीतिमा क्रमभंगताको सन्देश दिन आफूले निर्वाचन नलड्ने घोषणा गरेको उनको भनाइ छ ।
दाङ २ बाट निर्वाचित महराले पनि स्वेच्छिक रूपमा चुनावी मैदान छाडे । सुरुमा माओवादीको समानुपातिक सूचीमा रहे पनि अन्तिम समयमा उनी त्यसबाट पनि हटे । उनको ठाउँमा माओवादीले रेखा शर्मालाई उम्मेदवार बनाएको छ ।
निवर्तमान सांसद डा. भट्टराईले पनि यस पटक प्रचण्डलाई समर्थन गर्दै गोरखा २ बाट उम्मेदवारी दिएनन् । छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं ७ बाट उम्मेदवार बनाएका उनले अब संसदीय र सत्तामुखी राजनीति नगर्ने घोषणा नै गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया