NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जी–२० सम्मेलन सुरु, मोदीले बाइडन भेटे

काठमाडौं । २० औद्योगिक राष्ट्रहरूको समूह (जी २०) को सम्मेलन इन्डोनेसियामा सुरु भएको छ ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति म्याक्रोन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत राष्ट्रका राष्ट्र प्रमुख तथा प्रधानमन्त्री सहभागी छन् ।

जी २० मा रुस पनि सदस्य छ । तर त्यहाँका राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिनले भने सम्मेलनमा सहभागी हुन अस्वीकार गरेका छन् ।

सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले १७ औं जी २० नेताहरूको शिखर सम्मेलनमा खाद्य र ऊर्जा सुरक्षा सत्रमा भाग लिएका छन् ।

त्यसक्रममा उनले खाद्यान्न, मल र ऊर्जाको लचिलो आपूर्ति श्रृंखलाको महत्त्वबारे जोड दिए । साथै उनले यसले विश्वको दक्षिण अर्थात् गरिब देशहरूमा ऊर्जा संक्रमणका लागि लागत प्रभावी वित्तीय विधिहरूको आवश्यकतालाई प्रकाश पारे ।

यो सत्र सुरु हुनुअघि मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् ।

यसबाहेक मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि भेट गरे । मोदीले भ्रमण दौरान करिब २० भेटवार्ता गर्नेछन् ।