अमेरिकी ‘द भ्वाइस’ को टप १६ मा परिजिता बास्तोलाको प्रस्तुती उत्कृष्ट
काठमाडौं । १७ वर्षीय नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १६ मा उत्कृष्ट प्रस्तुति दिएकी छन्।
उनले लेडी गागाको ‘आई विल नेभर लभ अगेन’ गीत गाएकी थिइन्। उक्त प्रस्तुतीमा उनलाई चारै जना कोचले प्रंशसा गरेका छन् । आजदेखि द भ्वाइसमा लाइभ शो सुरु भएको छ ।
लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् भने नेपालबाटसमेत दर्शकले उनलाई भोट गर्न मिल्नेछ ।


प्रतिक्रिया