NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

काठमाडाैं । लगातार ५ दिनसमम घटेर सोमबार बढेको नेप्से मंगलबार पुन: घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार नेप्से ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको छ ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज २२९ स्टकको २२ हजार ७७१ पटकको कारोबारमा २७ लाख ४५ हजार १०९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रूपैयाँको कारोबार भएको छ ।

सोमबार २२६ स्टकको १७ हजार ७६५ पटकको कारोबारमा २४ लाख ५२ हजार ८५ कित्ता शेयर खरिदबिक्री हुँदा ९४ करोड ६९ लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार १३ उपसमूहमध्ये ३ उपसमूहको सेयरमूल्य बढेको छ । जसमा बैंकिङ, नीर्जीवन बीमा कम्पनी र व्यापारको क्रमश ०.०८, ०.०९ र ०.३० प्रतिशतले बढेको छ ।

बाँकी उपसमूहको सेयरमूल्य घटेको छ । जसमा विकास बैंक १.३२, वित्त १.६१, होटल तथा पर्यटन ०.७१, जलविद्युत ०.९२, लगानी ०.२०, जीवन बीमा ०.१३, लघुवित्त ०.६०, उत्पादन १.२७, सामूहिक लगानीकोष ०.६० र अन्य ०.४२ प्रतिशतले घटेको छ ।

आज सिटिजन म्युचल फण्डको सेयरमूल्य सर्वाधिक ४.५८ प्रतिशतले बढेको छ । त्यसैगरी पञ्चकन्या मे हाइड्रोपावर २.९३, ग्लोबल आइएमइ ब्यालेन्सड फण्ड १ २.५६, लक्ष्मी इक्युटी फण्ड २.१२ र युनिलिभर नेपालको २.०८ प्रतिशतले बढेको छ ।

आज तारागाउँ रिजेन्सीको सर्वाधिक सेयरमूल्य ८.५६ प्रतिशत घटेको छ । त्यस्तै सिक्लेश हाइड्रोपावरको ८.४२ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ६.२१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरीको सर्वाधिक ८ करोड २२ लाख ३४ हजार रूपैयाँको कारोबार भएको छ । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स ६ करोड ४ लाख ९७ हजार, नेपाल टेलिकम ४ करोड ६७ लाख २२ हजार, शिभम् सिमेन्ट ४ करोड ४८ लाख ४३ हजार र नेपाल रि इन्स्योरेन्स कम्पनीको ३ करोड १७ लाख ८४ हजार रूपैयाँको कारोबार भई शीर्ष ५ मा प्रवेश गरेका छन् ।