ओलीले जस्तो हामी संसदलाई अंगभंग बनाउँदैनौं : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले जस्तो आफूहरूले संसदलाई अंगभंग नबनाउने बताएका छन् ।
सुर्खेतमा आयोजित चुनावी सभामा देउवाले संविधानमा व्यवस्था नै नभए पनि ओलीले दुईपटकसम्म संसद् विघटन गरेको भन्दै आफूहरू संविधानको वास्तविक रक्षक भएको प्रष्ट्याए ।
‘हामी जनतालाई यो विश्वास दिलाउन चाहन्छौं कि हामी ओलीले जस्तो संसद विघटन गरेर अंगभंग बनाउने काम गर्दैनौं’ देउवाले भने, ‘हामी संविधानविरोधी काम पनि गर्दैनौं । संसद विघटन पनि गर्दैनौं । संसदलाई हामी पूर्ण कार्यकालमा चल्न दिन्छौं ।’
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन एक दुई होइन १५ वर्षसम्म चल्ने ठोकुवा गरे । ओलीको संविधानविरोधी हर्कतको कारण यो गठबन्धन बनेको भन्दै प्रचण्डले अब देशलाई समृद्धिको मार्गमा अघि बढाउने प्रष्ट्याए ।
शान्ति प्रक्रियाका बाँकी काम र संविधानको कार्यान्वयनलाई आफूहरूले प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा देउवा र प्रचण्ड दुवैले गठबन्धनका नेतालाई जिताउन आग्रह गरे । गठबन्धन जिते मात्रै देशले जित्ने भन्दै संविधानको रक्षा, विकास र समृद्धिको वास्तविक नतिजाको लागि पनि आफूहरूले जित्नुपर्ने प्रष्ट्याए ।
ताजा अपडेट
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
-
पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
प्रतिक्रिया