ओलीले जस्तो हामी संसदलाई अंगभंग बनाउँदैनौं : देउवा
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले जस्तो आफूहरूले संसदलाई अंगभंग नबनाउने बताएका छन् ।
सुर्खेतमा आयोजित चुनावी सभामा देउवाले संविधानमा व्यवस्था नै नभए पनि ओलीले दुईपटकसम्म संसद् विघटन गरेको भन्दै आफूहरू संविधानको वास्तविक रक्षक भएको प्रष्ट्याए ।
‘हामी जनतालाई यो विश्वास दिलाउन चाहन्छौं कि हामी ओलीले जस्तो संसद विघटन गरेर अंगभंग बनाउने काम गर्दैनौं’ देउवाले भने, ‘हामी संविधानविरोधी काम पनि गर्दैनौं । संसद विघटन पनि गर्दैनौं । संसदलाई हामी पूर्ण कार्यकालमा चल्न दिन्छौं ।’
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन एक दुई होइन १५ वर्षसम्म चल्ने ठोकुवा गरे । ओलीको संविधानविरोधी हर्कतको कारण यो गठबन्धन बनेको भन्दै प्रचण्डले अब देशलाई समृद्धिको मार्गमा अघि बढाउने प्रष्ट्याए ।
शान्ति प्रक्रियाका बाँकी काम र संविधानको कार्यान्वयनलाई आफूहरूले प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा देउवा र प्रचण्ड दुवैले गठबन्धनका नेतालाई जिताउन आग्रह गरे । गठबन्धन जिते मात्रै देशले जित्ने भन्दै संविधानको रक्षा, विकास र समृद्धिको वास्तविक नतिजाको लागि पनि आफूहरूले जित्नुपर्ने प्रष्ट्याए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया