जीवन बीमा कम्पनीले प्रथम त्रैमासमा आर्जन गरे ३५ अर्ब ७७ करोड बीमा शुल्क, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष ७९/८० को असोजमसान्तसम्म (पहिलो त्रैमासमा) ३५ अर्ब ७७ करोड ६८ लाख रूपैयाँ बीमा शुल्क शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुले १ करोड ३८ लाख ८३ हजार २५६ बीमा पोलिसी बिक्री गर्दा सो बीमा शुल्क आर्जन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सोही अवधिमा कम्पनीहरुले ७ अर्ब ९ करोड ५५ लाख प्रथम बीमा शु्ल्क संकलन गरेको छ । त्यस्तै सोही अवधिमा कम्पनीहरूले ७३ अर्ब ५३ करोड ५ लाख नविकरण शुल्क संकलन गरेको छ ।
असोज मात्रै २ अर्ब २७ करोड प्रथम बीमा शुल्क संकलन
जीवन बिमा कम्पनीहरुले असोजमा मात्रै २ अर्ब २७ करोड ९६ लाख रूपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । १२ लाख ३१ हजार ४३० बीमा पोलिसी बिक्री गर्दा सो बीमा शूल्क आर्जन गरेका हुन् । सोही अवधिमा कम्पनीहरुले ९ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अगाडि
सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पहिलो त्रैमासिक अवधिमा १० अर्ब ४ करोड ८८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफले प्रथम बीमा शुल्क मात्रै १ अर्ब ३५ करोड ८१ लाख रूपैयाँ संकलन गरेको छ । असोज महिनामा मात्रै कम्पनीले ४१ करोड ७ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ भने २ अर्ब ४१ करोड २३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा नेशनल लाइफ
दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी छ । सो कम्पनीले असोज मसान्तसम्ममा ४ अर्ब ३८ करोड ४ लाख रूपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । कम्पनीले १४ लाख ९१ हजार ८६६ बीमालेख जारी गरी सो रूपैयाँको बीमा शुलक आर्जन गरेको हो । नेशनल लाइफले असोज मसान्तसम्ममा ८४ करोड २७ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।
नेशनल लाइफले असोजमा मात्रै १ अर्ब १४ करोड ९८ लाख कुल बीमा शुल्क संकलन गरेको छ भने २७ करोड ७७ लाख प्रथम बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांक छ ।
तेस्रोमा एलआइसी नेपाल
धेरै बीमा शुल्क संकलन गर्ने तेस्रो बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (एलआइसी) रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा ४ अर्ब ५१ करोड ७४ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ । एलआइसीले सो अवधिमा ५२ करोड ६२ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ । एलआइसीले असोजमा मात्रै १ अर्ब १२ करोड ८४ लाख कुल बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले जनाएको छ । त्यस्तै सोही अवधिमा एलआइसीले १९ करोड १५ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।
एलआइसीपछि धेरै बीमा शुल्क संकलन गर्नेमा सन नेपाल लाइफ रहेको छ । सो कम्पनीले असोजमसान्तसम्ममा एक अर्ब ८१ लाख कुल बीमा शुल्क संकलन गरेको छ । सन नेपालले सो अवधिमा प्रथम बीमा शुल्क मात्रै ५२ करोड ५ लाख आर्जन गरेको छ । सन नेपाललले असोजमा मात्रै ३० करोड ४१ लाख कुल बीमा शुल्क र १५ करोड ७७ लाख प्रथम बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।
अन्य जीवन बीमा कम्पनीहरूमा
राष्ट्रिय बीमा संस्थान
पहिलो त्रैमासिक वित्तिय विवरणअनुसार राष्ट्रिय बीमा संस्थानले १ अर्ब ११ करोड ६७ लाख रूपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले सो अवधिमा प्रथम बीमा शुल्क मात्रै १२ करोड ९७ लाख उठाएको छ । त्यस्तै संस्थानले असोजमा मात्रै २७ करोड २८ लाख रूपैयाँ कुल बीमा शुल्क र ३ करोड १२ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।
मेट लाइफ
मेट लाइफले असोज मसान्तसम्ममा एक अर्ब ३१ करोड १ लाख कुल बीमा शुल्क र ३१ करोड ६६ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले असोजमा मात्रै ३८ करोड ११ लाख कुल बीमा शुल्क र १० करोड ६ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्तसम्ममाम १ अर्ब ७४ करोड ३४ लाख कुल बीमा शुल्क र ३५ करोड ९१ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले असोजमा मात्रै ५२ करोड ६८ लाख कुल बीमा शुल्क ११ करोड ६२ लाख प्रथम बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांक छ ।
असोज मसान्तसम्ममा गुरास लाइफले ७५ करोड ७ लाख, सूर्या लाइफले १ अर्ब ३२ करोड ४४ लाख, प्राइम लाइफले १ अर्ब १६ करोड १४ लाख रूपैयाँ बरारबको कुल बीमा शुल्क संकलन गरेको छ । ती कम्पनीहरूले सोही अविधमामा प्रथम बीमा शुल्क क्रमशस् ५ करोड ७१ लाख, ४० करोड ६२ लाख र २१ करोड ९९ लाख संकलन गरेका छन् ।
आइएमइ लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले असोजमसान्तसम्ममा क्रमश ८७ करोड १४ लाख, १ अर्ब ९१ करोड ४२ लाख र ९५ करोड १८ लाख कुल बीमा शुल्क संकलन गरेका छन् । ती कम्पनीहरुले असोजमा मात्रै प्रथम बीमा शुल्क क्रमश :८ करोड ८७ लाख, ८ करोड १६ लाख र ९ करोड रुपैयाँ आर्जन गरेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सले असोजमसान्तसम्ममा कुल बीमा शुल्क क्रमशः ७८ करोड ८० लाख, ८९ करोड ३१ लाख र १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ । ती कम्पनीहरुले असोजमा मात्रै क्रमशः ७ करोड ७१ लाख, ११ करोड ७७ लाख र १३ करोड २९ लाख प्रथम बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफले क्रमश : ५८ करोड २५ लाख, ५३ करोड ७२ लाख र ४० करोड ५२ लाख कुल बीमा शुल्क संकलन गरेको छ भने सोही अवधिमा कम्पनीहरुले क्रमशः १९ करोड ४६ लाख, १२ करोड १ लाख र १२ करोड ९० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।
ती कम्पनीहरुले असोज महिनामा मात्रै क्रमश ७ करोड ९५ लाख ४ करोड ५९ लाख र ४ करोड ४४ लाख प्रथम बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै असोजमा मात्रै ती कम्पनीहरुले कुल बीमा शुल्क क्रमशः २० करोड ८३ लाख, १३ करोड ८८ लाख र १२ करोड ६० लाख आर्जन गरेको छ ।
प्रतिक्रिया