NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

विकासको अभियान बढाउन एमाले चाहिन्छ : ओली

ललितपुर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विकासको अभियानका लागि एमाले चाहिने बताएका छन् । आज गोदावरी नगरपलिका–८, छम्पीमा पुगेर यहाँका मतदातालाई सम्बोधन गर्दै उनले भने, “वास्तविक लोकतन्त्रको रक्षा, विकासका लागि लोकतन्त्र, जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन र देशलाई अगाडि बढाउनका लागि नेकपा एमाले चाहिन्छ । विगतमा हामीले व्यवहारबाट हेरिसकेका छौँ एमालेले कसरी काम गर्छ भनेर ।”

उम्मेदवारलाई सफलताको शुभकामना दिँदै उनले देशलाई सही बाटोमा फर्काउने अवसर आएको बताए । देशव्यापी निर्वाचन अभियानको क्रममा दौडाहामा रहेका ओली आज ललितपुरको क्षेत्र नं १ को छम्पी र क्षेत्र नं ३ को भैँसेपाटी पुगेर आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् ।

नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं १ मा नवराज सिल्वाल र ३ मा अमृत खड्का उम्मेदवार छन् ।