NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

दुई सयले बढ्यो सुनको मूल्य, चाँदी घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन तोलाम ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कारोबार भएको थियो। आज चाँदी भने तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ३२५ रुपैयाँ कायम थियो ।