अन्ततः आमिरले लिए फिल्मबाट ‘ब्रेक’, डेढ वर्ष काम नगर्ने

एजेन्सी । बलिउड अभिनेता आमिर खानले फिल्मबाट ‘ब्रेक’ लिने घोषणा गरेका छन् । ३५ वर्षदेखि अनवरत रूपमा काम गर्दै आएका आमिरले परिवारसँग समय बिताउने भन्दै डेढ वर्ष फिल्ममा काम नगर्ने निर्णय गरेका हुन् ।
यसअघि फिल्म ‘लाल सिंह चड्डा’ मा देखिएका आमिर यसपछि ‘च्याम्पियन्स’ मा काम सुरू गर्न लागेका थिए । तर, अब भने उनले उक्त भूमिकालाई नकारिसकेका छन्। उक्त फिल्मको निर्माण आफैंले गर्ने भनेपनि त्यसमा अभिनय गर्ने निर्णयबाट भने उनी पछि परेका हुन् ।
केही दिनअघि दिल्लीमा भएको एक च्याट शोमा पुगेर उनले ब्रेक लिनेबारे बताएका हुन् । यसबारे घोषणा गर्दै आमिरले भने, ‘जब म कुनै पनि फिल्ममा काम गर्छु, त्यसमा पूर्ण रूपमा डुबेर काम गर्छु । त्यतिबेला फिल्मवाहेक मलाई केही कुरामा ध्यान जाँदैन । लाल सिंह चड्डा पछि म च्याम्पियन्समा काम गर्न लागेको थिएँ ।
फिल्मको स्क्रिप्ट पनि राम्रो थियो । तर, मलाई भने ब्रेक चाहिएको महसुस भयो । ताकी म आफ्नो परिवार, आमा र बच्चासँग समय बिताउन सकूँ ।’
बाहिर भने ‘लाल सिंह चड्डा’ फ्लप भएपछि आमिरले यस्तो निर्णय गरेको बताइन्छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया