NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रचण्ड सहभागी हुने कार्यक्रममा विस्फोट, एक घाइते

काठमाडौं । वाम गठबन्धनले भोजपुरमा गर्न लागेको माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने चुनावी सभामा विस्फोट भएको छ ।

भोजपुरस्थित पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्याङमा गठबन्धनले गरेको चुनावी सभामा विस्फोट भएको हो ।

प्रचण्ड कार्यक्रममा नपुग्दै दिउसो साढे दुई वर्ष सभास्थल नजिकी विस्फोट भएको हो । विस्फोटमा परी सुमन श्रेष्ठ घाइते भएका छन् ।

एक शंकास्पद व्यक्तिले झोलामा बोकेको विस्फोटक पदार्थ विष्फोट भएको प्रहरीले जनाएको छ ।

तर विस्फोट हुँदा प्रचण्ड कार्यक्रम स्थलमा पुगिसकेका थिएनन् ।