NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

संघीय सरकारको खर्च २७८ अर्ब १७ करोड

काठमाडाैं । नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०७९/८० को तीन महिनामा संघीय सरकारको कुल २७८ अर्ब १७ करोड खर्च भएको छ । यस अवधिमा चालु खर्चतर्फ २२३ अर्ब ७५ करोड, पुँजीगत खर्चतर्फ १९ अर्ब ६८ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ रु.३४ अर्ब ७३ करोड रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व २०८ अर्ब ५८ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ रु.१८९ अर्ब ३८ करोड र गैर कर राजस्व तर्फ रु.१९ अर्ब २० करोड परिचालन भएको छ ।

नगद मौज्दा

२०७९ असोज मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१९५ अर्ब ६२ करोड-प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात रु.२२७ अर्ब ६९ करोड रहेको थियो ।

प्रदेश सरकार

समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति रु.३४ अर्ब ३० करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.२३ अर्ब ६६ करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट रु.१० अर्ब ६४ करोड रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारहरुको खर्च रु.२० अर्ब ९९ करोड रहेको छ ।