निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्छ : अध्यक्ष
इनरुवा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा आज निर्वाचन क्षेत्र नं ४ को नेकपा एमाले र जसपाको संयुक्त चुनावी आमसभा कार्यक्रममा उजले लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने बताए । देशको विकासको मिसन र भिजन एमालेसँग मात्रै भएकाले विकास र समृद्धिका पक्षमा जनताले मतदान गर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग मात्रै रहेकाले मतदाताले एमालेलाई जिताउनुपर्नेमा जोड दिँदै उनले निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने उल्लेख गरे ।
फरक प्रसङ्गमा ओलीले निर्वाचनपछि एमाले नेतृत्व सरकार बन्ने र आफूहरुको सरकारले एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने बताए । उनले अङ्गीकृत र जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया