निर्वाचन अघि केपी ओलीले जारी गरेको भिडियो सन्देशमा के छ ?
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले ४ मंसिरको निर्वाचनको पूर्वसन्ध्यानमा भिडियो सन्देश जारी गर्दै देशको भविष्य निर्धारण गर्ने निर्वाचनमा विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन् ।
भोट हाल्नु अघि आफ्नो र छोराछोरीको भविष्यको चिन्ता गर्न पनि उनले आग्रह गरेका छन् ।
अहिलेकै गठबन्धन रहे मुलुक बर्बाद हुने घोषणा ओलीकाे छ ।
यसैले मुलुकको भविष्य पाँच वर्षका लागि सुम्पिनु अघि शेरबहादुर देउवालाई होइन आफूलाई प्रधानमन्त्री बनाउने गरी भोट हाल्न उनले आग्रह गरेका हुन् ।
आफू पटकपटक मृत्युको मुखमा पुगेर पनि अघि बढेको भन्दै देश र जनताको स्वार्थ नै सबैभन्दा माथि रहेको प्रष्ट्याएका छन् ।
आफूले एमालेको जितका लागि मात्रै भोट नमागेको भन्दै देश र नागरिकको भविष्यको लागि भोट मागेको जिकिर ओलीको छ ।
यस्तो ओलीले जारी गरेको भिडियो
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया