करण जोहरको फिल्मबाट ‘डेब्यु’ गर्दे सैफका छोरा इब्राहिम
एजेन्सी । बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान चाँडै बलिउडमा डेब्यु गर्दै छन् ।
मिडिया रिपोर्टका अनुसार इब्राहिमलाई निर्माता करण जोहरले लन्च गर्ने तयारी छ ।
उनको डेब्यु फिल्म सन् २०२३ मा प्रदर्शनमा आउन सक्ने बताइएको छ । जसलाई अर्का अभिनेता बोमन इरानीका छोरा कायोज इरानील निर्देशन गर्नेछन् ।
हालसम्म यो फिल्मबारे आधिकारिक घोषणा भने भएको छैन । तर फिल्मको बजेट ठूलो हुने र यसमा इब्राहिम मुख्य भूमिकामा रहने जनाइएको छ ।
सैफकी जेठी छोरी सारा अली खानले सन् २०१८ मा फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया