ओलीको हल्ला नै बढी
काठमाडौं । २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट एमाले अध्यक्षमा निर्वाचित भएका ओली समकालीन राजनीतिका चतुर खेलाडी मानिन्छन् । नेतृत्वमा आएसँगै उनी पार्टीभित्र मात्र नभइ राष्ट्रिय राजनीतिमासमेत प्रभाव जमाउन सफल भए । विपक्षीमाथि व्यंग्य र उखान–टुक्कासहित चोटिलो प्रहार गर्न उनी निकै माहिर देखिन्छन् । उमेरले ७१ वर्ष नाघेका ओली विभिन्न फण्डामार्फत चर्चामा आइराख्ने नेता हुन् । झुटलाई पनि सत्य देखाउन सक्ने खुबी भएका नेताका छवि बनाएका ओलीलाई कामभन्दा बढी हल्ला गर्ने नेता भएको आरोप लाग्ने गरेको छ ।
संविधान निर्माणपछि २०७२ मा प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएपछि ओली माओवादीको सहयोगमा असोजमा प्रधानमन्त्री भएका थिए । भारतीय नाकाबन्दीको समयमा प्रधानमन्त्री भएका उनले राष्ट्रियताप्रति अडान देखाउँदै लोकप्रियता हासिल गरेका थिए ।
ओली आगामी निर्वाचनबाट तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा छन् । २०४८, ०५१, ०५६ झापा–७ बाट प्रतिनिधिसभा निर्वाचन जितेका ओलीले २०६४ को संविधानसभा निर्वाचनमा झापा–६ बाट पराजित भएका थिए ।
२०७० र २०७४ को निर्वाचन झापा–६ र क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । दुईपटक एमाले अध्यक्ष भएका ओली २०७४ को निर्वाचनमा दुईतिहाइ वामपन्थी सरकारको शक्तिशाली प्रधानमन्त्री भए । तर ४१ महिनामै उनको सरकार ढल्यो । अहिले उनी क्षेत्र नं. ५ बाट उम्मेद्वार रहेका छन् ।
एउटै कार्यकालमा दुईपटक संसद विघटन गरी उनी आलोचित भए । भ्रष्टाचारीलाई संरक्षण दिएको, राजनीतिक अस्थिरता निम्ताएको, अहंकार, दम्भ र विपक्षीमाथि अराजनीतिक व्यवहार देखाएको उनीमाथि आरोप छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया