श्रद्धा हत्याकाण्डः प्रेमी आफताबलाई फाँसी हुन सक्ने
एजेन्सी । गत १८ मेमा मुम्बइकी श्रद्धा वाकरलाई घाँटी रेटेर मारेका उनका प्रेमी आफताब पूनवालाले हत्या गरेको १० घण्टासम्म बाथरूममा सावर चलाएर श्रद्धाको शवलाई टुक्रा पारे । प्रहरीका अनुसार उनले शवको ३५ टुक्रालाई धोइपखाली गरेर प्लास्टिकमा पोको पारे र फ्रिजमा राखे । त्यसपछि उनले अनलाइनबाट खाना मगाए, खाए, बियर पिए र नेट्फ्लिक्स हेरेर सुते ।
उनले १८ दिनसम्म महरौलीको जंगलमा शवको टुक्रा फालेको आरोप पनि छ । उनले श्रद्धाको फोन पनि फालिदिएर बस्ने फ्लाटमा रगतको दागलाई कुनै सबुत नबस्नेगरी केमिकलले धोएको आरोपछ । सबुत मेटाएर उनले मुम्बई प्रहरीलाई पनि उल्लु बनाइदिएको बताइन्छ ।
आफताबले आफू पक्राउ पर्छु भन्नेबारे सोचेका पनि थिएनन् । अब भने उनी पक्राउ परिसकेका छन् । तर, अहिलेसम्म न हत्या गरेको हतियार फेला परेको छ न श्रद्धाको लाशको टाउकोको भाग ।
यी प्रमाण फेला नपररेपनि आफताबलाई फाँसीको सजायसम्म हुन सक्ने उत्तरप्रदेशका पूर्व डिजिपी विक्रम सिंह बताउँछन् । ‘यदि उसलाई श्रद्धाको शरीर टुक्रा–टुक्रा पारेर गायब गरेर हत्या गरेको हतियार लुकाएर बच्छु भन्ने लाग्छ भने उनी भ्रममा छन् । उसकोविरूद्ध यस्तो प्रमाण छ जसले उसलाई फाँसीको सजायसम्म मिल्न सक्छ,’ उनले भने ।
प्रहरीले हालसम्म श्रद्धा हत्याकाण्डसँग जोडिएको ११ वटा प्रमाण फेला पारिसकेको छ । पक्राउ गरेसँगै प्रहरीले अदालतसँग अफताबलाई पाँच दिनसम्म थुनामा राख्ने अनुमति लिएको छ ।
आफताबले प्रहरीसँगको सोधपुछमा उनले श्रद्धाको पहिचान लुकाउनका लागि उनको अनुहार जलाइदिएको बताएका छन् । आफताब बसेका घरका मालिकका अनुसार आफताब बसेयता पानीको बिल पनि धेरै उठ्न थालेको थियो । अफताबले रगत पखाल्नका लागि र शव टुक्र पार्ने क्रममा आवाज बाहिर जान नदिनका लागि पानीको धारा खुलै राखेका थिए ।
शव टुक्रा पारेपछि उनी चक्कुले काटेको आफ्नो हातको उपचार गर्न डा.अनिल सिंहको क्लिनिकमा पुगेका थिए । त्यतिबेला अनिलले सामान्य घाउ चोट लागेको भन्ने ठानें र शंका गरेनन् ।
टुक्रा पारेको शरीरलाई राख्नका लागि उनले दिल्लीस्थित महरौली छरतपुरमा सुदीप नाम गरेका व्यक्तिको पसलबाट धारिलो हतियार खरिद गरेका थिए । उनको पसलबाट प्रहरीले सिसिटिभी फुटेज पनि संकलन गरेको छ ।
हत्याको भोलिपल्ट उनी तिलकराज नाम गरेका व्यक्तिको इलेक्ट्रोनिक पसलबाट एलजीको दुई सय ६० लिटरको डबल डोर फ्रिज खरिद गरे । उनले त्यतिबेला आफूलाई धेरै स्पेस भएको ठूलो फ्रिज चाहिएको बताएका थिए । तर, उनको व्यवहार भने सामान्य ग्राहकको जस्तै थियो ।
पूर्व डिजीपी सिंहका अनुसार दिल्ली प्रहरीको फोरेन्सीक र वैज्ञानिक अनुसन्धानको क्षमता धेरै राम्रो छ । अफताबले चतुराईंं गरेर हतियार र लाश लुकाएर छुटकारा पाउँछु भन्नु भ्रममात्रै भएको उनी बताउँछन् । सिंहका अनुसार यस्ता घटना हजारैं छन् जहाँ हतियार र लाश फेला नपरे पनि दोषीलाई सजाय सुनाइएको छ ।
प्रहरीका अनुसार आफताब जसरी पनि श्रद्धाको लाशको टुक्राबाट छुटकारा पाउन चाहन्थे । त्यसका लागि उनले आफूलाई मनपर्ने टेलिभिजन शो ‘डेक्सटर’ मार्फत लाशलाई ठेगान लगाउने योजना बनाएका थिए । उनले रक्सी पिउँदै मुखमा कपडा बाध्ने र गन्धबाट बच्न मास्क लगाउथे । पक्राउ पर्ने डरले उनले लाशलाई टुक्रा पारेर फाले ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया