प्रभु बैंकले घोषणा गर्यो ८ प्रतिशत लाभांश

काठमाडाैं । प्रभु बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने ६.५० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकले वितरण योग्य मुनाफा एक अर्व तीन करोड उनन्तीस लाख त्रिहत्तर हजार नौ सय बयान्नब्बे पैसा पचहत्तर रुपैयाँबाट बैंकको आव २०७८ र ०७९ मा कायम चुक्तापुँजी १२ अर्ब ७० करोड ८७ लाखको ६.५० प्रतिशतले हुने रकम ८२ करोड ६० लाख ६५ हजार सात सय एकहत्तर रुपैयाँ बराबरको बोनस शेयर र १.५० प्रतिशतले हुने रकम उन्नाईस करोड छ लाख तीस हजार पाँच सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश बैंकको आगामी एक्काईसौं वार्षिक साधारण सभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि लगानीकर्तामा वितरण हुने छ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया