चुनावको रहर, छाड्दै काठमाडौं सहर

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि भोलि आइतबार मतदान हुँदैछ । यस पटक देशभरका कुल मतदाताको संख्या १ करोड ७९ लाख ८० हजार पाँच सय ७० छ । यिनै मतदाताले आइतबार हुने निर्वाचनमा मत जाहेर गरेर प्रदेश तथा प्रतिनिधिसभाका सांसद चयन गर्नेछन् ।
यो निर्वाचनमा मतदातामा उत्साह देखिएको छ । देशका विभिन्न भागबाट कामविशेषले काठमाडौं उपत्यकामा आई बसोबास गर्नेहरू मतदानका लागि यहाँबाट बाहिरिनुले पनि यो पुष्टि हुन्छ ।
यस वर्ष उपत्यकाबाट पाँच लाख मतदाता बाहिरिने अनुमान छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि मतदाता बाहिर जान थालेको र यो संख्या शनिबारसम्म पाँच लाख पुग्ने जनाएको छ ।
निर्वाचनमा गाउँ फर्कंन शनिबार बिहानैदेखि काठमाडौं उपत्यकाको कोटेश्वर, कलंकी, नयाँ बसपार्कलगायत स्थानमा मानिसहरूको चाडपर्व बिर्साउने भीड लागेको छ ।
निर्वाचनको मौन अवधिमा दल र तिनका उम्मेदवारले मतदाता प्रभावित हुने गतिविधि गर्न मिल्दैन । तर नयाँ बसपार्क, कलंकीलगायत क्षेत्रमा सार्वजनिक सूचना नै जारी गरेर दल र तिनका उम्मेदवार र कार्यकर्ताले शनिबार बिहानैदेखि मतदाता ओसारिरहेका छन् ।
नेपालवाचकर्मी अमरदीप श्रेष्ठले शनिबार बिहान कोटेश्वर पुगेर घर फर्कन लागेका मतदाताको तस्बिर कैद गरेका छन् । हेरौं केही तस्बिरहरू :
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया