मतदान अधिकृतसहित दुई कर्मचारीको मृत्यु

काठमाडौं । आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा खटिएका दुई जना कर्मचारीको ज्यान गएको छ ।
ज्यान जानेमा बिल्टु राय र पवित्रा याख्खा लिम्बू छन् । यी मध्ये राय मतदान अधिकृत हुन् ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका उनी शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।
राय हरिपुर्वा नगरपालिका–५, सर्लाहीका स्थायी बासिन्दा हुन् । उनी आयुर्वेद स्वास्थ्य केन्द्र, नेचामा कार्यरत थिए ।
त्यसैगरी, लिम्बू धनकुटाको साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी थिइन् । मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भई ढलेको र उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया