मतदान अधिकृतसहित दुई कर्मचारीको मृत्यु
काठमाडौं । आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा खटिएका दुई जना कर्मचारीको ज्यान गएको छ ।
ज्यान जानेमा बिल्टु राय र पवित्रा याख्खा लिम्बू छन् । यी मध्ये राय मतदान अधिकृत हुन् ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका उनी शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।
राय हरिपुर्वा नगरपालिका–५, सर्लाहीका स्थायी बासिन्दा हुन् । उनी आयुर्वेद स्वास्थ्य केन्द्र, नेचामा कार्यरत थिए ।
त्यसैगरी, लिम्बू धनकुटाको साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी थिइन् । मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भई ढलेको र उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया