अष्ट्रेलियाले शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने

अष्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । अष्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले शरणार्थीलाई विदेश यात्रा गर्न र देश फर्कन अनुमति दिने घोषणा गरेका हुन् ।
मन्त्री गिल्सका अनुसार सङ्घीय सरकारले जुलाई २०१३ अघि डुङ्गाबाट अष्ट्रेलिया आएका शरणार्थीलाई पारिवारिक पुनर्मिलन प्रवेशाज्ञाका निम्ति अनुमति दिइनेछ । आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने छ ।
सरकारको चुनावी वाचा पूरा गर्ने प्रतिबद्धताअनुरुप सन् २०१३ भन्दा पहिले अस्थायी सुरक्षा प्रवेशाज्ञा र सुरक्षित उद्यम प्रवेशाज्ञामा देशमा बसोबास गरेका १९ हजारभन्दा बढी शरणार्थीलाई स्थायी सुरक्षा प्रवेशाज्ञामा रूपान्तरण गरिनेछ ।सरकारले स्थायी प्रवेशाज्ञा पाएकाहरूका लागि पारिवारिक पुनर्मिलनका निम्ति कानुन सुधार गर्दै त्यसलाई सहज बनाइनेछ ।
नयाँ प्रावधानबाट एक दशकभन्दा बढी समयदेखि परिवारबाट अलग भएकाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ भने त्यसबाट शरणार्थीहरूलाई तेस्रो देशमा पनि यात्रा गर्न सरल र सहज हुनेछ । अष्ट्रेलिया सरकारले शरणार्थीहरूलाई न्यूजिल्याण्ड, क्यानडा र संयुक्त राज्य अमेरिकामा बसोबास गराउने विकल्प खोजिरहेको छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया