NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सरकारको नेतृत्वलाई लिएर गठबन्धन टुट्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने विषयलाई लिएर गठबन्धन नटुट्ने बताएका छन् ।

निर्वाचनपछि गठबन्धनको कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने अन्योल कायम रहेका बेला उनले यस्तो बताएका हुन् ।

गृह जिल्ला चितवनमा मतदानपछि उनले भने–प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन ।’

उनले जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहने दाबी गरे ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवार बनेका प्रचण्ड यस पटक गोरखा उक्लिएका छन् । गोरखाबाट उम्मेदवारी दिए पनि आफूले दुवै स्थानलाई उत्तिकै प्राथमिकता दिने उनले बताए ।