पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलको नजरमा मत नखस्नुका तीन कारण
काठमाडौं । संघ र प्रदेशका लागि भइरहेको निर्वाचनमा अपेक्षा गरिएको भन्दा निकै कम संख्यामा मतदान भइरहेको छ ।
निर्वाचन आयोगले ६० देखि ६५ प्रतिशतमात्रै मत खस्न सक्ने अनुमान गरेको छ ।
५ बर्षका लागि संघ र प्रदेशमा सरकार बनाउने, देशका लागि महत्वपूर्ण ऐन तथा नीति बनाउने प्रतिनिधि छनौट गर्ने निर्वाचनका लागि यो मतदान संख्या निकै कम हो ।
देशभर हरेक मतदान केन्द्रमा कम संख्यामा मतदान हुनुलाई नागरिकमा रहेको राजनीतिक दलप्रतिको वितृष्णाको रुपमा ब्याख्या गरिएको छ ।
यसै सन्दर्भमा हामीले कम मतदान हुनुको मुख्य कारणहरु के हुन सक्छन् भनेर निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेललाई सोधेका थियौँ ।
पोखरेलका अनुसार अहिले खेतिपाती भित्र्याउने सिजन हो । दलहरुले कृषकको प्राथमिकता खेतिबाट एक दिनका लागि मतमा तान्न सकेनन ।
अर्थात, उनीहरूले एक दिन आफ्ना प्रतिनिधि छान्दा बाँकी ५ बर्ष आफूहरूको जीवनस्तरमा सुधार आउँछ भनेर विस्वास दिलाउन सकेनन् ।
यस्तै, ठूलो संख्यामा मतदाता देश भन्दा बाहिर रहनु पनि कम मतदान हुनुका विभिन्न कारणमध्येको एक प्रमुख कारण रहेको पोखरेलको बुझाई छ ।
‘आम नागरिकले राजनीतिक दलहरूको गतिविधिलाई नजिकबाट हेरिरहेको हुन्छन् । यसअघि दलका गतिविधीले आम मानिसलाई आकर्षित गर्न सकेनन् । गठबन्धनका नाममा नागरिकले चाहेको जस्तो उम्मेदवार पनि भएनन्,’ उनले भने, ‘मन नपरेका उम्मेदवारलाई फेरि पनि मत दिनुपर्ने बाध्यात्मक कारणले मतदातामा निरासा देखिएको हो।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया