अमेरिकाको नाइट क्लबमा गोली चल्दा पाँचजनाको मृत्यु, १८ घाइते

एजेन्सी । अमेरिकाको याैनिक तथा लैंगिक अल्पसंख्यककाे नाइट क्लबमा गोली चलेको छ । उक्त समुदायको लागि चर्चित मानिएको क्लब क्यूमा गोली चल्दा पाँचजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
कोलोराडो स्प्रिङ्सस्थित उक्त क्लबमा शनिबार साँझ उक्त घटना घटेको हो ।
घटनामा संलग्नता रहेको आशंकामा एकजनालाई पक्राउ गरिएको छ । घाइते रहेका उनी पनि उपचाररत छन् ।
प्रतिक्रिया