ललितपुर–२ बाट मतगणना शुरू

काठमाडौं । ललितपुर–२ मा मतगणना शुरू भएको छ । मतदान सकिएको साढे ९ घण्टापछि प्रतिनिधिसभा सदस्यको मतगणना शुरू भएको हो ।
यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट प्रेमबहादुर महर्जन र सत्ता गठबन्धनको तर्फबाट कृष्णलाल मर्हजन उम्मेदवार रहेका छन् । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फमात्र मतगणना शुरु भएको मतदान अघिकृतको कार्यालयले जनाएको छ ।
अधिकृतका अनुसार चार ठाउँमा विभाजन गरी मतगणन गरिएको छ । यो निर्वाचन क्षेत्रमा ललितपुरको महालक्ष्मी नगरपालिका र महानगरपालिकाका वडा नम्बर ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ पर्छन् ।
त्यस्तै ललितपु–३ मा पनि मत गणना प्रकृया शुरु भएको छ । यहाँ गठबन्धनबाट उर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाल उम्मेदवार रहेकी छिन् । एमालेबाट अमृत खड्का उम्मेदवार छन् । यहाँ परम्परागत दलका उम्मेदवारलाई डा. तोसिमा कार्कीले कडा टक्कर दिने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया