बाबुलाई हराउने एमाले उम्मेदवारसँग छोराले बदला लिंदा कति मतान्तरले जिते ?
काठमाडौं । पहिलो प्रयासमै कांग्रेसबाट योगेश गौचन थकालीले मुस्ताङमा जितको खाता खोलेका छन् । ४ मंसिरको निर्वाचनमा १६५ सिट अन्तर्गत प्रतिनिधिसभातर्फ मुस्ताङमा थकालीले जितको खाता खोलेका हुन् ।
उनले ३९९२ मत ल्याउँदा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत प्राप्त गरे । उनले ९१४ मतान्तरले एमाले उम्मेदवारलाई पराजित गरेका हुन् । २९ वर्षीया थकालीले ६० वर्षीया तुलाचनलाई पराजित गरे ।
अघिल्लोपटक २०७४ सालमा एमालेका तुलाचनले योगेशका बाबु रोमीलाई पराजित गरेका थिए । तर बाबुलाई पराजित गर्नेमाथि विजय हात पार्दै योगेशले यसपटक बदला लिएका छन् ।
को हुन् थकाली ?
थकाली कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन् । यसपटक आफू नउठि उनले छोरालाई उम्मेदवार बनाएका छन् । उम्मेदवार बनेको पहिलो प्रयासमै थकालीले जित हात पारेको हो ।
उनको जितसँगै ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभासभा पहिलो जित हात पार्नेमा कांग्रेसले अरुलाई उछिनेको हो ।
मुस्ताङमा एउटामात्रै प्रतिनिधिसभाको क्षेत्र रहेको छ ।
योगेशका बाबु रोमी मुस्ताङका कांग्रेस सभापति हुन् । साथै पूर्व सांसससमेत हुन् ।
मुस्ताङलाई एमालेले आफूले जित्ने बलियो सम्भावना रहेको क्षेत्र मानेको थियो । तर एमालेको आफ्नो बलियो मानेको क्षेत्रमा कांग्रेसले बाजी मारेको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया