गगन थापा र राजन भट्टराईबीच कडा टक्कर
काठमाडौं । धेरैको आँखा परेको काठमाडौं ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईबीच कडा टक्कर देखिएको छ । थापाले ६६८ मत प्राप्त गर्दा भट्टराईले ६३३ मत पाएका छन् ।
यो प्रारम्भिक मतगणनाको नतिजा हो । जुन नतिजामा थापा र भट्टराईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । थापा ३५ मतले मात्रै अगाडि देखिएका छन् ।
१५११ मतगणनामा यस्ताे नतिजा देखिएकाे हाे । राप्रपका उम्मेदवारले ६४, स्वतन्त्रकाे लाैराेकाे ३८ मत छ ।
भावी प्रधानमन्त्रीमा दाबेदारी गर्दै आएका थापाले सहजै चुनाव जित्ने विभिन्न एक्जिट पोलले देखाएका छन् ।
चुनाव नजिकिंदै जाँदा थापाले आफूलाई प्रधानमन्त्रीको बलियो उम्मेदवार रहेको बताएपछि उनले राम्रो मत ल्याएर जित्ने विभिन्न पोलको दाबी छ । तर प्रारम्भिक चरणदेखि नै थापा र भट्टराईबीच कडा टक्कर देखिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया