कांग्रेसले प्रदेशसभामा पनि खोल्यो खाता
काठमाडौं । कांग्रेसले प्रदेशसभामा पनि खाता खोलेको छ । मुस्ताङको प्रतिनिधिसभा जितेको कांग्रेसले यसैकाे प्रदेशसभा १ मा पनि जित हात पारेको हो ।
१ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका हुन् । उनले १०४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७९३ मत ल्याए ।
पराजित विष्ट यस अघि एमालेबाट प्रदेश सांसद थिए । तर एमालेले अघिल्लोपटक जितेको क्षेत्र यसपटक कांग्रेसले खोसेको छ ।
मुस्ताङको प्रतिनिधिसभामा कांग्रेसका योगेश गौचन थकालीले खाता खोलेका थिए । जुन प्रतिनिधिसभाको पहिलो नतिजा पनि हो ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया