NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

काठमाडौं १ मा प्रकाशमानको रोमाञ्चक जित

काठमाडौं । २०७४ मा भन्दा नी अझै साँघुरो मतान्तरले काठमाडौं १ मा यसपटक पनि कांग्रेसका प्रकाशमान सिंह नै विजयी भएका छन् ।
अघिल्लोपटक ८१८ मतले जितेका प्रकाशमान यसपटक १२९ मतको रोमाञ्चक जित निकाल्न सफल भए ।

यसपटक पनि रवीन्द्र मिश्रलाई नै पराजित गरेका हुन् ।

मिश्र अघिल्लोपटक विवेकशील र यसपटक राप्रपाबाट उठेका हुन् ।

सिंहले ७ हजार १ सय ४० मत ल्याए ।मिश्रको ७ हजार ११ मत आयो ।

स्वतन्त्र पार्टीका पुकार बमले ४११२ मत ल्याए ।

एमालेका किरण पौडेलले ३५०८ मत ल्याउँदा नेपाल सुशासन पार्टीका रमेश खरेलले ३१२१ मत ल्याए ।