काठमाडौँ ६ मा शिशिर खनालको अग्रता कायमै
काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन् ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीसभाका उम्मेदवार खनालले दुई हजार आठ सय ४८ मत प्राप्त गरी अग्रता लिएका छन् ।
कूल आठ हजार ५९ मतगणना हुँदा दोस्रो मत नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले प्राप्त गरेका छन् । उनले एक हजार आठ सय ७७ र नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले एक हजार आठसय ४८ मत प्राप्त गरेका छन् ।
उक्त मतगणना गर्दा तीन सय ३१ मत बदर भएको छ । काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया