NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

रुपन्देही २ मा घण्टीको अग्रता कायमै

काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा रुपन्देही क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

रुपन्देही २ मा सुरुआतदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार ३ हजार ३१९ मतका साथ उनले अग्रता लिएका छन् भने २ हजार ८९१ मतका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका जनमुक्तिका केशव थापाले २ हजार २९४ मत ल्याएका छन् ।