काठमाडौं ४ मा गगन थापाको शानदार जित
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा लगातार चौथोपटक सांसद भएका छन् ।
२०६४ सालमा पहिलोपटक समानुपातिक सांसद भएका थापाले त्यसपछि तीन चुनावमा काठमाडौं ४ बाट प्रत्यक्ष चुनाव जितेका हुन् ।
४ मंसिरमा भएको निर्वाचनमा थापाले ७४५६ मतान्तरले विजयी भएका हुन् । २०७४ सालमा थापा ३४१८ मतान्तरले विजयी भएका थिए ।
थापाले यसपटक २१३०३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३८४७ मत प्राप्त गरे । यो थापासँग भट्टराईको लगातार दोस्रो हार हो ।
२०७० मा पनि थापाले एमालेका निर्मल कुईंकेलमाथि शानदार जित दर्ता गरेका थिए । कांग्रेसबाट शुप्रभा घिमिरे बागी बन्दै उम्मेदवार बने पनि थापाले कुईंकेलमाथि १३२०१ को फराकिलो मतान्तरले जितेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया