NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

काठमाडौं ४ मा गगन थापाको शानदार जित

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा लगातार चौथोपटक सांसद भएका छन् ।

२०६४ सालमा पहिलोपटक समानुपातिक सांसद भएका थापाले त्यसपछि तीन चुनावमा काठमाडौं ४ बाट प्रत्यक्ष चुनाव जितेका हुन् ।

४ मंसिरमा भएको निर्वाचनमा थापाले ७४५६ मतान्तरले विजयी भएका हुन् । २०७४ सालमा थापा ३४१८ मतान्तरले विजयी भएका थिए ।

थापाले यसपटक २१३०३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३८४७ मत प्राप्त गरे । यो थापासँग भट्टराईको लगातार दोस्रो हार हो ।

२०७० मा पनि थापाले एमालेका निर्मल कुईंकेलमाथि शानदार जित दर्ता गरेका थिए । कांग्रेसबाट शुप्रभा घिमिरे बागी बन्दै उम्मेदवार बने पनि थापाले कुईंकेलमाथि १३२०१ को फराकिलो मतान्तरले जितेका थिए ।