रौतहट–१ : माधव नेपालविरुद्ध एमालेको अग्रता
काठमाडौं । रौतहट–१ मा एकीकृत साजवादीका उम्मेदवार माधवकुमार नेपाल दोस्रो स्थानमा पुगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार अजय कुमार गुप्ताले ५८० को मतान्तरले नेपाललाई पछि पारेका हुन् । गुप्ता ६ हजार ९१८ मतसहित अहिले लिड गरेका हुन् ।
नेपालले ६ हजार ३३८ मत प्राप्त गरेका छन् । २०७४ सालमा सो क्षेत्रमा राष्ट्रिय जनता पार्टीका अनिल कुमार झा ५ हजार ५९८ मतसहित विजयी भएका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल अघिल्लो निर्वाचनमा काठमाडौं–२ बाट विजयी भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाल रौतहट–१ र काठमाडौं–२ बाट विजयी भएका थिए ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट माओवादीका देवेन्द्र पटेलसँग पराजित भएका थिए । काठमाडौं–२ मा झक्कु सुवेदीसँग पराजित भएका थिए । योपटक काठमाडौं–२ असुरक्षित देखिएपछि उनी गृह क्षेत्र रौतहट झरेका हुन् । उनलाई गठबन्धनले साथ दिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया