यी हुन् कांग्रेसले अहिलेसम्म जितेका चार प्रतिनिधिसभाका क्षेत्र
काठमाडौं । कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभामा सबैभन्दा बढी क्षेत्र जितेको छ । अहिलेसम्म परिणाम आएकामध्ये कांग्रेसले चारवटा क्षेत्र जितेको हो ।
कांग्रेसले पहिलो मुस्ताङ, दोस्रो मनाङ, तेस्रो काठमाडौं १ र चौथो काठमाडौं ४ जितेको हो । एमालेले ललितपुर २ मा जितेकाे छ । जहाँ प्रेम महर्जन विजयी भएका छन् ।
काठमाडौं ४ बाट गगन थापा ७४५६ मतान्तरले विजयी भएका छन् । उनले एमालेका राजन भट्टराईलाई लगातार दोस्रोपटक पराजित गरेका हुन् । थापाले यसपटक २१३०३ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३८४७ मत प्राप्त गरे ।
प्रकाशमानले काठमाडौं १ बाट १२९ मतान्तरले बाजी बारे । २०७४ मा हराएका रवीन्द्र मिश्रलाई फेरि सिंहले यसपटक पनि स्तब्ध पारे । अघिल्लोपटक मिश्र सिंहसँग ८१८ मतान्तरले पराजित भएका थिए । अघिल्लोपटक उनी विवेकशीलमा थिए । तर यसपटक राप्रपाबाट उठ्दा अन्तर घटाए तर जित्न सकेनन् ।
अघिल्लोपटक एमालेले जितेको मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । मुस्ताङमा पनि एमालेले जितेको ठाउँमा यसपटक कांग्रेसका योगेश गौचन थकाली विजयी भए । अघिल्लोपटक उनका बाबु रोमी गौचन थकालीलाई एमालेले हराएको थियो । यसपटक छोराले बदला लिएका छन् ।
कांग्रेसले चार सिट जित्दा, एमालेको एक सिट, कसले कहाँ जिते ? कुन दलको अग्रता कति ठाउँमा ?
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया