NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

चुनावपछि खुलेको सेयर बजारमा गिरावट, १ अर्ब ३५ करोडको कारोबार

काठमाडाैं । चुनावपछि पहिलो दिन खुलेको सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा झरेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज कुल २२८ कम्पनीको २४ हजार २४३ पटकमा ३७ लाख ६३ हजार ८३६ रूपैयाँको सेयर खरिदबिक्री हुँदा एक अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रूपैयाँको कारोबार भयो ।

नेप्सेका अनुसार मंगलबार १३ उपसमूहमध्ये २ उपसमूहबाहेक बाँकीको सेयरमूल्य घटेको छ । आज बैंक र जीवन बीमा कम्पनीको सेयरमूल्य क्रमश ०.०९ र ०.०३ प्रतिशतले बढेको छ ।

आज घटेका उपसमूहरूमा विकास बैंक १.४४, वित्त ०.३७, होटल तथा पर्यटन ०.९९, जलविद्युत ०.६९, लगानी ०.५८, उत्पादन ०.८८, लघुवित्त ०.४६, सामूहिक लगानी कोष ०.१८, नीर्जीवन ०.३३, अन्य ०.४४ र व्यापार ०.३९ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारका नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा छ । उक्त बैंकले १२ करोड १६ लाख ८ हजार ५९८ रूपैयाँको कारोबार भयो । त्यस्तै रिदी पावर कम्पनी ८ करोड  ६७ लाख ६३ हजार, हिमालयन डिष्टिली ८ करोड ६० लाख १६ हजार, शिभम् सिमेन्ट ८ करोड ४३ लाख ६३ हजार र न्यादी ग्रुप पावर ४ करोड ९० लाख १३ हजार रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

आजको कारोबारमा जानकी फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ६.२३ प्रतिशतले बढेको छ । साथै, खप्तड लघुवित्त वित्तिय संस्था ३.९९, धैलागिरी लघुवित्त ३.९७, सयपत्री हाइड्रोपावर ३.८० र सिद्दार्थ इक्युटी फण्ड ३.७५ प्रतिशत शेयर मूल्य बढेको छ ।

त्यस्तै, युनिलिभर नेपाल लिमिटेड ५.५८, सिकेक्स हाइड्रोपावर ४.४८, दोर्दीखोला जलविद्युत ४.४४, अप्पर हेवाखोला ४.३५, सिटिजन म्युचल फण्डका लगानीकर्ताले ४.०५ प्रतिशतले गुमाएका छन् ।