बिजबजारबाट सामान खरिद गरी खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक

काठमाडाैं । ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यास ब्याक पाउने भएका छन् ।
सो स्किम १४ नोवेम्बेर २०२२ देखि सुरू भएकोमा ३१ डिसेम्बर २०२२ सम्म लागु हुने छ । एउटा खल्ती प्रयोग कर्ताले यो अवधि भरि ५०० रुपैयाँ सम्मको क्यास ब्याक पाउन सक्ने छन् ।
यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको Union Pay QR बाट बिजबजारको खल्ती QR मा स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ साथै ग्राहक खल्ती प्रयोग कर्ता पनि हुनु पर्ने बिजबजारले जनाएको छ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया