NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पर्सा–२ (२) मा लोसपाका कुर्मी पुन : निर्वाचित

काठमाडौं । पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार कुर्मी दुई हजार ६३७ मतान्तरले विजयी भएका हुन् ।

कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले ६ हजार ८३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

कुर्मी विसं २०७४ को आम निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।