डोल्पामा मतगणनाको तयारी

डोल्पा । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ । यसका लागि जिल्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
हेलिकप्टरबाट आज बिहानसम्म माथिल्लो डोल्पा क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेपछि सर्वदलीय बैठक बस्न थालेको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले अत्यन्तै जाडो मौसम र भौगोलिकताका कारण मतपेटिका सङ्कलनमा तीन दिनको समय लागेकोले मतगणनाकार्य ढिला हुनगएको बताए । उनका अनुसार ढिलोमा आज २ बजेदेखि मतगणना सुरु हुनेछ । डोल्पामा कूल २२ हजार सात सय ७४ मतदातामध्ये १७ हजार सात सय ९७ मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया