हार निश्चित भएपछि झाँक्रीले भनिन्, ‘निर्वाचन रोमाञ्चक रह्यो’
काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफ्नै पूर्व सहकर्र्मी गोकर्ण विष्टसँग पराजित हुन लागेकी नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले यसपटकको निर्वाचन रोमाञ्चक रहेको बाएकी छिन् ।
मतगणना नसकिँदै आफ्नो हार निश्चित भइसकेपछि झाँक्रीले पराजयलाई सहज रूप लिएको बताएकी छिन् । उनले यो निर्वाचन ज्ञानको हिसाबले कुनै विश्वविद्यालयमा पढे भन्दा बढी जान्ने मौका पाएको बताएकी छिन् । निर्वाचनकै क्रममा उनले यो दुई दशकमा समाजलाई कसरी गलत प्रयोग गरिएकोबारे बुझ्ने मौका पाएको उल्लेख गरेकी छिन् । जुन लोकतन्त्रका लागि गम्भीर भएको उनको कथन छ ।
समाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्टलाई बधाई र मतदातालाई धन्यवाद दिँदै यस्तो बताएकी हुन् । साथै गुल्मीको समग्र विकासको समृद्धीको यात्रामा आफू सधैं साथमा हुने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।
विष्टले ०५६ सालदेखि यो क्षेत्रबाट निरन्तर चुनाव लड्दै आएका छन् । सोही वर्ष गुल्मी २ बाट प्रत्यक्ष निर्वाचित उनी ०६४ मा पराजित भएका थिए । यसअघि ०७४ को चुनावमा पनि सोही क्षेत्रबाट कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार भन्दा बढी मतान्तरले पराजित गरेका थिए । हाल गुल्मी २ मा मतगणना नसकिदैं उनले जीत सुनिश्चित गरिसकेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया