कास्की–३ प्रदेशसभा १ मा एमालेका गुरुङ विजयी
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा (एमाले) का उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन्।
पोखरा ७ स्थित उपत्यका नगरविकास समितिको हलमा आज सम्पन्न मतगणनामा गुरुङले १४ हजार चार सय ७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का दुर्गादत्त भण्डारीले ९ हजार ६६२ मत ल्याएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले ३ हजार ६९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले दुई हजार पाँच सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङले चार सय ५४, आमूल परिवर्तन मसिहा पार्टी नेपालका मोतिलाल परियारले एक सय ६८, स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा दुई सय २७ मत ल्याएका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया