दाङ २ को प्रदेशसभा १ मा कांग्रेसका खनाल विजयी

काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार छ सय १६ मत प्राप्त गरि विजयी भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार चार सय ४९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका– ४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र एक हजार चार सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।
खनाल २०७० मा दाङ–३ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७४ मा उक्त क्षेत्रबाटै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग पराजित भएका थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया