दाङ २ को प्रदेशसभा १ मा कांग्रेसका खनाल विजयी
काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार छ सय १६ मत प्राप्त गरि विजयी भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार चार सय ४९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका– ४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र एक हजार चार सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।
खनाल २०७० मा दाङ–३ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७४ मा उक्त क्षेत्रबाटै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग पराजित भएका थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया