कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लीन स्वीप’
काठमाडौं । कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भइसकेका छन् ।
कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाल अर्यालअनुसार प्रदेशसभातर्फको ३ (१) मा घनश्याम चौधरी १३ हजार नौ सय २३ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेमराज डंगौरा थारुले ११ हजार पाँच सय ७२ मत पाए । प्रदेशसभातर्फको ३ (२) मा खुशीराम चौधरी सात हजार पाँच सय ३९ मतले विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का अमर साउँद ६ हजार६१९ मत ल्याएका हुन् । एक लाख ७ हजार ६५९ मतदाता सङ्ख्या रहेको सो क्षेत्रमा कूल ६३ हजार चार सय ४० मत खसेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया