सप्तरी–१ को (२) मा जनमत पार्टीका मियाँ विजयी
राजविराज । सप्तरी क्षेत्र नम्बर १ को (२) मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका मोहम्द सकिल मियाँ विजयी भएका छन् ।
सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोका अनुसार जनमत पार्टीका मियाँले १६ हजार एक सय ६० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सुदम्मर यादवले नौ हजार आठ सय ८८ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका उमेदवार बद्रीनारायण महत्मान यादवले ६ हजार छ सय १० मत प्राप्त गरे ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया