कञ्चनपुर १ (१) मा एमालेका थापा विजयी
काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का वीरबहादुर थापा विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयको अन्तिम मतगणनाको परिणामअनुसार उनले १२ हजार तीन सय ५९ मत ल्याइ विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार ६ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीका पल्टु रानाले दुई हजार ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमराज लामिछानेले एक हजार ९३१, नेकपा (एकीकृत समाजवादी) का जगेश्वर बुढा क्षेत्रीले दुई सय ३४ मत ल्याएको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मजुरलाल रानाले एक सय ७०, नेपाल मजदुर किसान पार्टीका भागरथीदेवी रावलले ७६, स्वतन्त्र उम्मेदवार भक्तबहादुर अधिकारीले दुई हजार चार सय ९९ मत पाएका छन् ।
प्रदेशसभाको सो निर्वाचन क्षेत्रमा ४९ हजार छ सय ५२ मतदाता रहेकामा जम्मा मत ३१ हजार आठ सय ९७ खसेको थियो भने एक हजार पाँच सय ६२ मत बदर भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया