पर्वतबाट प्रतिनिधिसभा र प्रदेशसभा सबैमा एमाले विजयी

पर्वत । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले) ले विजयी हासिल गरेको छ ।
प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित भएका छन् । साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी भएका हुन् ।
कार्यालयका अनुसार प्रतिनिधिसभामा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई दुई हजार दुई सय ६३ मतान्तरले पछाडि पार्दै विजयी भएका हुन् । गिरीले २९ हजार आठ सय ७२ मत प्राप्त गरेका छन् । जोशीले २७ हजार छ सय नौ मत ल्याए ।
प्रदेशसभा १ मा एमालेका भक्त कुँवरले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुदीप कुँवरलाई पराजित गरे । कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार कुँवरले १३ हजार सात सय ४२ मत प्राप्त गरे ।
प्रदेशसभा २ मा एमाले उम्मेदवार मित्रलाल बस्यालले १४ हजार एक सय ३२ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार दुई सय १० मत प्राप्त गरे ।
जिल्लाका ६१ वडामा ६६ हजार दुई सय २६ मत खसेको थियो ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया